मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १७ आइतबार
  • Tuesday, 01 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १७ आइतबार १६:२९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक २९ अंकले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १७ आइतबार १६:२९:oo

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्जमा १.११ प्रतिशतको वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २९.८२ अंकले बढेर दुई हजार ६९३.१२ को विन्दुमा कायम भएको हो ।

आज ३२३ कम्पनीको एक करोड ५५ लाख ७२ हजार ८६२ कित्ता सेयर ७६ हजार ३५४ पटक खरिद–बिक्री हुँदा रु. सात अर्ब ५६ करोड ८२ लाख २६ हजार १९७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज म्युचुअल फन्ड उपसमूहको उपसूचक ०.१५ र व्यापार समूह ०.२६ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । आजको कारोबारमा वित्त समूह २.०१, लगानी २.१८ र अन्य समूह २.०८ प्रतिशतले बढेको छ । 

बैंकिङ र वित्त समान ०.८२, होटेल तथा पर्यटन १.४१, जलविद्युत् १.५४, जीवन बिमा ०.८५, उत्पादन तथा प्रशोधन ०.५८, लघुवित्त ०.६२ र निर्जीवन बिमा ०.७८ प्रतिशतले बढेको छ ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा प्रभु स्मार्ट फन्डको सेयर मूल्य ५.७९ प्रतिशत रहेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु. ६९ करोड १९ लाख ७७ हजार ४११ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक प्रमोटर सेयर आठ लाख ५० हजार ८०९ कित्ता किनबेच भएको छ ।