मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १९ मंगलबार
  • Wednesday, 02 April, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८१ चैत १९ मंगलबार १६:४८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ चैत १९ मंगलबार १६:४८:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १६.९५ अंकले घटेर दुई हजार ६७६.१७ विन्दुमा कायम भएको हो । 

आज ३२० कम्पनीका एक करोड ६ लाख ७० हजार ६४९ कित्ता सेयर ५६ हजार ५४८ पटक खरिद–बिक्री हुँदा रु. पाँच अर्ब ७९ करोड ७७ लाख ९१ हजार सात सयबराबरको कारोबार भएको छ ।

आजको कारोबारमा व्यापार समूह ३.८० प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । बैंकिङ समूह ०.७४, विकास बैंक ०.९५, वित्त १.८४, होटेल तथा पर्यटन १.७४, जलविद्युत् ०.९९ र लगानी ०.४४ प्रतिशतले घटेको छ । 

 त्यस्तै, जीवन बिमा ०.६३, उत्पादन तथा प्रशोधन ०.५२, लघुवित्त १.१०, म्युचुअल फन्ड ०.२, निर्जीवन बिमा ०.३८ र अन्य समूह १.३९ प्रतिशतले घटेको छ ।

 गार्डियन माइक्रोलाइफ इन्सुरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ५.५६ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स लिमिटेडको रु. ६४ करोड २५ लाख ६६ हजार ६२२ बराबरका ६ लाख २७ हजार ३०९ कित्ता सेयर किनबेच भएका छन् ।