मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ६ बुधबार
  • Wednesday, 19 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत ६ बुधबार १७:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध छौँ : नेपाली सेना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत ६ बुधबार १७:५५:oo

नेपाली सेनाले संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न कटिबद्ध रहेको जनाएको छ। केही दिनयता सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली सेनालाई जोडेर विभिन्न टीकाटिप्पणी आइरहेको उल्लेख गर्दै जंगी अड्डाले बुधबार विज्ञप्तिमार्फत यस्ताे बताएकाे हाे।

‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका लागि संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको छ,’ विज्ञप्तिमा भनिएकाे छ।

आफ्ना धारणा र गतिविधिहरू नियमित पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरूमार्फत सार्वजनिक गर्दै आएको स्पष्ट पार्दै सेनाले जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गर्न आग्रह गरेको छ।