मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ५ मंगलबार
  • Tuesday, 18 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ५ मंगलबार ११:१२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नागरिक लगानी कोषको ३५औँ वार्षिकोत्सव : कोषलाई राष्ट्रिय प्राथमिकताका आयोजनामा लगानी गर्न सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ५ मंगलबार ११:१२:oo

अर्थसचिव घनश्याम उपाध्यायले नागरिक लगानी कोषलाई राष्ट्रिय प्राथमिकताका आयोजनामा लगानी गर्न सुझाव दिएका छन् । नागरिक लगानी कोषको सोमबार सम्पन्न ३५औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थसचिव उपाध्यायले यस्तो सुझाव दिएका हुन् । कोषले आफूसँग रहेको रकमलाई सरकारले निर्धारण गरेको प्राथमिकता र उत्पादनशील क्षेत्रमा प्रयोग गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउनुपर्ने उनको भनाइ छ । 

कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा. सूर्यबहादुर थापाले उच्च आर्थिक विकासमार्फत मात्रै समाजमा देखिएको विद्यमान बेरोजगारीको अन्त्य गर्न सकिने भन्दै दिगो विकास र स्थायित्वमा जोड दिए । आगामी दिनमा देशको आर्थिक वृद्धिदरमा टेवा पुर्‍याउने एवं रोजगारी सिर्जना गर्न कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार निर्माणजस्ता उत्पादनशील क्षेत्रमा आप्mनो लगानीलाई विस्तार गर्दै लैजानुपर्ने उनको भनाइ छ ।  

त्यस्तै, कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले सात लाख सहभागीलाई ध्यानमा राखेर सरल र झन्झटरहित सेवा दिने प्रतिबद्धता दिए । साथै, आगामी दिनमा सरकारी प्राथमिकताका पूर्वाधार निर्माण, कृषि, उद्योग, पर्यटन तथा उत्पादनशील क्षेत्रमा लगानी विस्तार गरिने उनको भनाइ छ । 

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोषलगायतका कोषहरूको लगानी उत्पादनमूलक क्षेत्र र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्ने बताए । त्यस्ता कोषहरूको लगानी पूर्वाधार निर्माण, रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन, हाइड्रोपावरलगायतका क्षेत्रमा गर्नुपर्ने उनको भनाइ छ ।