मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ५ मंगलबार
  • Tuesday, 18 March, 2025
दीपक भट्ट रामेछाप
२o८१ चैत ५ मंगलबार १o:२४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रामेछापका २७ सय विद्यार्थीले एसइई परीक्षा दिने

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ चैत ५ मंगलबार १o:२४:oo

चैत ७ गतेबाट सुरु हुने ०८१ को एसइई परीक्षामा रामेछापबाट दुई हजार ७०१ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय एकाइ रामेछापले जनाएको छ । 

रामेछापका दुई  नगरपालिका र ६ गाउँपालिकाका गरी आठवटै स्थानीय तहका लागि १९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जिल्लाबाट दुई हजार ४११ जना नियमित र २९० जना ग्रेड वृद्धिका लागि परीक्षामा सहभागी हुनेछन् । जसमा सिद्धेश्वर बहुमुखी क्याम्पस बाम्ती परीक्षा केन्द्रबाट १३३ जना, चण्डेश्वरी मावि प्रीति परीक्षा केन्द्रबाट ७३ जना र शारदा मावि ठोसे केन्द्रबाट ८० जना विद्यार्थी सहभागी हुने भएका छन् ।

त्यसैगरी, जनजागृत मावि बेताली केन्द्रबाट १४४ जना, तामाकोशी जनजागृति मावि खिम्ती परीक्षा केन्द्रबाट १२२ जना, कालीदेवी मावि फुलासी परीक्षा केन्द्रबाट ९० जना र गौरीशंकर बहुमुखी क्याम्पस रामेछाप परीक्षा केन्द्रबाट २१९ जना परीक्षार्थीले परीक्षा दिनेछन् । 

यस्तै हिमगंगा बहुमुखी क्याम्पस र साँघुटार परीक्षा केन्द्रबाट २१० जना, झट्टेश्वर मावि धोबी केन्द्रबाट १४६ जना, त्रिपुरेश्वर मावि दुरागाउँ केन्द्रबाट १११ जना र प्रयागेश्वर क्याम्पस पकरबास परीक्षा केन्द्रबाट २२६ जना विद्यार्थी रहेका छन् । 

त्यसैगरी, कण्ठेश्वर मावि टोकरपुर केन्द्रबाट १०७ जना, कालिका मावि लखनपुर केन्द्रबाट १०५ जना, मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस केन्द्रबाट १७४ जना, नागकन्या मावि गडवारी मन्थली परीक्षा केन्द्रबाट १८६ जना रहेका छन् । 

त्यस्तै, मन्थली माविको (क) परीक्षा केन्द्रबाट प्राविधिक धारका ११२ जना, मन्थली मावि (ख) परीक्षा केन्द्रबाट २४४ जना, मन्थली मावि (ग) परीक्षा केन्द्रबाट २८ जना र डहु मावि परीक्षा केन्द्रबाट १९१ जना विद्यार्थीले यस वर्षको एसइई परीक्षामा सहभागिता जनाउने शिक्षा विकास तथा समन्वय एकाइ रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलले जानकारी दिए ।