मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ५ मंगलबार
  • Tuesday, 18 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ५ मंगलबार १४:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सहरी विकास मन्त्रालयको खर्च अठार प्रतिशत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ५ मंगलबार १४:o१:oo

सहरी विकास मन्त्रालयले चालू आर्थिक वर्षमा रु. १२ अर्ब २४ करोड तीन लाख ८७ हजार अर्थात् १७.९३ प्रतिशत खर्च गरेको छ । आज मन्त्रालयले पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो ।

मन्त्रालयका निम्ति रु. ९१ अर्ब ३५ करोड २३ लाख विनियोजन भएकामा संघतर्फ ६८ अर्ब २५ करोड ८३ लाख ३९ हजार भएको थियो । विनियोजित रकममध्ये चालूतर्फ रु. चार अर्ब ४२ करोड ३८ लाख २३ हजार र पुँजीगततर्फ रु. ६३ अर्ब ८३ करोड ४५ लाख १६ हजार छुट्याइएको थियो ।

हालसम्म चालूतर्फको खर्च २५.२३ प्रतिशत भएको छ भने पुँजीगततर्फको खर्च
१७.४३ प्रतिशत रहेको छ । चालू आवमा सहरी विकास मन्त्रालय (संघीय कार्यालय)बाट कार्यान्वयन हुने तीन हजार ७१६ वटा नयाँ कार्यक्रममध्ये जम्मा एक हजार ६२३ वटा कार्यक्रमको बोलपत्र आह्वान भएको छ ।

बोलपत्र आह्वान भएका एक हजार ६२३ वटा कार्यक्रममध्ये पनि एक हजार ९८ वटा कार्यक्रमको ठेक्का सम्झौता भएको छ भने १२४ वटा पूरा भएका छन् । यसैगरी, बाँकी दुई हजार ९३ वटा कार्यक्रममध्ये २८८ वटा कार्यक्रम बहुवर्षीय स्वीकृतिका लागि प्रस्तावित कार्यक्रम हुन् ।

मन्त्रालयका प्रवक्ता नारायण मैनालीका अनुसार एक हजार ४५९ वटा पुराना (क्रमागत तथा बहुवर्षीय स्वीकृत कार्यक्रम)मध्ये चालू आवमा जम्मा २८० वटा कार्यक्रम सम्पन्न भइसकेका छन् ।

त्यसैगरी, ३३० वटा झोलुंगे पुल निर्माण गर्ने लक्ष्य रहेकामा हालसम्म १६२ वटा निर्माण सम्पन्न भएका छन् ।

यसै वर्ष संविधान दिवसका दिनदेखि आगन्तुकका निम्ति खुला गरिएको धरहराको अवलोकन एक लाख ३० हजारभन्दा बढीले गरेका र त्यसबाट रु. दुई करोड ३७ लाख राजस्व संकलन भएको उक्त मन्त्रालयले जानाकारी गराएको छ । रासस