मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ५ मंगलबार
  • Tuesday, 18 March, 2025
२o८१ चैत ५ मंगलबार १o:o३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आजदेखि पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ५ मंगलबार १o:o३:oo

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबारदेखि नियमित व्यावसायिक चार्टर उडान सुरु हुने भएको छ । चीनको सिचुवान एयरलाइन्सले मंगलबारदेखि चीनको छेन्दुबाट पोखरा र पोखराबाट छेन्दु रुटमा साताको एक दिन नियमित व्यावसायिक चार्टर उडान सुरु गर्न लागेको हो ।

नेपाल–चीनबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा पोखरा पर्यटन परिषद्को नेतृत्वमा नेपालस्थित चिनियाँ राजदूतावास र सिचुवान एयरलाइन्ससँगको सहकार्यमा उडान सुरु हुन लागेको हो ।

छेन्दुबाट मंगलबार एक सय २७ यात्रु लिएर पोखरा आउने विमानले पोखराबाट पोखराका मेयर धनराज आचार्यको नेतृत्वमा एक सय २३ यात्रु लिएर छेन्दु जानेछ । बिहान १० बजे चिनियाँ यात्रु लिएर आउने सिचुवानको विमानले १२ बजे पोखराबाट यात्रु लिएर छेन्दु जानेछ । नेपाल आउने र चीन जानेहरूका लागि सात रात आठ दिनको प्याकेज बनाइएको छ ।