मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १ शुक्रबार
  • Friday, 14 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १ शुक्रबार o९:४२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चैतमा पनि ब्याजदर स्थिर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १ शुक्रबार o९:४२:oo

चैतका लागि पनि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर स्थिर राखेका छन् । केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत ब्याजदर करिडोरलाई स्थिर राखेपछि बैंकहरूले पनि ब्याजदर परिवर्तन नगरेका हुन् । केन्द्रीय बैंकले तल्ला सीमाको दर (निक्षेप संकलन दर)लाई ३ प्रतिशतमा सीमित राखेको छ । जसकारण बैंकहरूले अधिक तरलता थुप्रिए पनि ब्याजदरलाई स्थिर कायम राख्दै आएका छन् । यसले बैंकहरूको निक्षेपको ब्याजदरमा प्रतिस्पर्धा नै नहुने स्थिति देखिएको छ ।

नेपाल बैंक र हिमालयन बैंकले व्यक्तिगततर्फको मुद्दती निक्षेपको ब्याजदर झिनो दरले घटाएका छन् । कुमारी बैंकले भने ०.१ प्रतिशतले बढाएको छ । यीबाहेक सबै वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर स्थिर छ । 

अहिले निक्षेपमा सर्वाधिक ब्याजदर कायम राख्नेमा एनआइसी एसिया र एनएमबि बैंक छन् । यी दुवै बैंकमा मुद्दती निक्षेप राख्दा वार्षिक ६.६ प्रतिशतका दरले ब्याज पाइन्छ । प्राइम कमर्सियल बैंकको मुद्दती निक्षेपमा ब्याजदर ६.२५ प्रतिशत छ । प्रभु बैंकले ६.१ प्रतिशत ब्याजदरलाई कायम राखेको छ । सानिमा बैंकको ब्याजदर ६.०५ प्रतिशत र कुमारीको ६.०१ प्रतिशत छ । ग्लोबल आइएमई, माछापुच्छ्रे, सिद्धार्थ, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर ६ प्रतिशत छ ।  

सिटिजन्स बैंक इन्टरनेसनलको ५.६५ प्रतिशत र कृषि विकास बैंकको ५.५१ प्रतिशत ब्याजदर छ । नेपाल एसबिआई बैंक, नेपाल बैंक र हिमालयन बैंकको ब्याजदर ५.५ प्रतिशत छ ।