मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १ शुक्रबार
  • Friday, 14 March, 2025
२o८१ चैत १ शुक्रबार o९:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महोत्तरीबाट १० हजार ९५० परीक्षार्थी एसइईमा सहभागी हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १ शुक्रबार o९:२७:oo

महोत्तरीबाट यसपटक एसइई परीक्षामा १० हजार ९५० परीक्षार्थी सहभागी हुँदै छन् । शिक्षा विकास तथा समन्वय एकाइले उपलब्ध गराएको तथ्यांकअनुसार नियमित साधारणतर्फ आठ हजार ७६३, नियमित प्राविधिकतर्फ ५०९, नयाँ ग्रेडवृद्धि एक हजार ६३० र पुरानो ग्रेडवृद्धितर्फ ५० गरी १० हजार ९५० परीक्षार्थी सहभागी हुन लागेका हुन् । 

महोत्तरीको बर्दीबास नगरपालिकामा सात, औरही नगरपालिकामा– तीन, गौशाला नगरपालिकामा तीन, जलेश्वर नगरपालिकामा चार, रामगोपालपुर नगरपालिकामा दुई, भंगहा नगरपालिकामा एक, लोहारपट्टी नगरपालिकामा दुई, बल्वा नगरपालिकामा दुई, महोत्तरी गाउँपालिकामा एक, पिपरा गाउँपालिकामा दुई, मटिहानी नगरपालिकामा एक, एकडारा गाउँपालिकामा एक, मनरासिस्वा नगरपालिकामा दुई र सोनमा गाउँपालिकामा एक गरी कुल ३२ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

परीक्षा केन्द्रहरूमा विद्यार्थीको संख्याअनुसार सुरक्षा, परीक्षा नियन्त्रकलगायतको व्यवस्थापन गरीएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । चिटमुक्त परीक्षा सञ्चालनका लागि महोत्तरीको परीक्षा व्यवस्थापन समिति प्रतिबद्ध रहेको जनाउँदै महोत्तरीलाई चिटमुक्त बनाउन आफूहरू प्रतिबद्ध रहेको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जनाए । उनले महोत्तरी परीक्षा सञ्चालनका लागि तयारी अवस्थामा रहेको बताएका छन् ।