
चलचित्र ‘कर्मा’मा कलाकार मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ। निर्माण पक्षले होलीको अवसर पारेर मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो।
कोट र टाइमा देखिएका मुकुन एंग्री लुक्समा छन्। उनको हेराइले बदलाको चरणमा उनी रहेको संकेत गर्छ। लुक्सले उनी ‘ग्रे जोन’मा बस्ने खलपात्रको रूपमा रहेको अनुमान लगाउन सकिन्छ।
निर्माण पक्षले यसअघि उपासनासिंह ठकुरीको लुक्स पनि सार्वजनिक गरेको थियो। जहाँ उनी कुर्था-सुरुवालमा देखिएकी थिइन्।
‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका हुन्। दाङ र काठमाडौंमा छायांकन गरिएको चलचित्र चैत २९ गते रिलिज हुँदै छ। नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ।
एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ विपिनको पहिलो एक्सन सिनेमा हो। चलचित्रमा विपिनसँगै उपासनासिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ।
एक्सन ड्रामा जनरामा निर्माण भएको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन्। ‘कर्मा’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री अधिकार सेभेन सिज सिनेमाले लिएको छ।