मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २८ बुधबार
  • Wednesday, 12 March, 2025
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण २८ बुधबार १४:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रभु साहकाे प्रश्न– दुईतिहाइको सरकारले उद्योग चलाउनै नसकेर व्यक्तिलाई दिन लागेको हो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण २८ बुधबार १४:३५:oo

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले दुईतिहाइको बलियो सरकारले उद्योग चलाउन नसकेर व्यक्तिलाई बुझाउन लागेको बताएका  छन्।

सरकारले संसदमा पेस गरेको प्रतिस्थापन विधेयकमाथि विरोधको सूचना दिँदै बुधबार साहले भने, ‘के सरकार नसक्ने भइसक्यो ? हामी के हेर्छौँ भने व्यक्तिभन्दा संस्था बलियो हुन्छ, समूह बलियो हुन्छ । सरकार झन् बलियो हुन्छ। तर, सरकारले नसकेर व्यक्तिले सक्ने योभन्दा हास्यास्पद के हुन्छ ?’

सरकारको मातहतमा सञ्चालित विमान, रेल र बस सबै घाटामा रहेको उल्लेख गर्दै उनले भने, ‘यो विधेयक पारित गरेपछि सरकार त्यो ठाउँमा बस्न मिल्छ ?’

दुईतिहाइको बलियो सरकार आएपछि उद्योग, व्यापारलगायतमा घाटा नहुने अपेक्षा गरे पनि त्यसअनुरूपको नतिजा नआएकोमा उनले प्रश्न गरे। उनले भने, ‘अहिले त दुईतिहाइको सरकार भनिराख्नुभएको छ तपाईंहरू । दुई तिहाइको सरकारले उद्योग चलाउन नसक्ने भइसक्यो ? दुईतिहाइको सरकारले अब व्यापार अघि बढाउन नै नसक्ने भइसक्यो ?’