
नेपाल क्रिकेट संघ (क्यान)ले ३३ खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा राख्दै नयाँ ग्रेडिङ सार्वजनिक गरेको छ। सेन्ट्रल कन्ट्रयाक्टमा रहेका ३३ पुरुष क्रिकेटरमध्ये पाँचजना ग्रेड ‘ए’मा छन्।
राष्ट्रिय टिमका क्याप्टेन रोहित पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आसिफ शेख ग्रेड ‘ए’मा छन्। यो ग्रेडका पुरुष खेलाडीले मासिक एक लाख रुपैयाँ पाउनेछन्।
यसैगरी, ग्रेड ‘बी’मा करण केसी, कुशल भुर्तेल, गुल्सन झा, ललित राजवंशी र अनिल साह छन्। यी खेलाडीलाई क्यानले मासिक ७० हजार रुपैयाँ प्रदान गर्नेछ।
ग्रेड ‘सी’मा सन्दीप जोरा, आसिफ शेख, भीम सार्की र कुशल मल्ल छन् भने ग्रेड ‘डी’मा १२ खेलाडी छन्। सागर ढकाल, लोकेश बम, सहाब अलाम, आकाश चन्द, विवेक यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिश जिसी, अविनाश बोहरा र मयन यादवलाई क्यानले ग्रेड ‘डी’मा राखेको हो।
ग्रेड ‘सी’ र ‘डी’का खेलाडीले क्रमशः ५५ हजार र ३५ हजार रुपैयाँ पाउनेछन्।
अर्जुन घर्ती, हेमन्त धामी, दिपेश कँडेल, रुपेश सिंह, अर्जुन कुमाल, शुभ कंसाकार र सन्तोष यादवलाई क्यानले इमर्जिङ खेलाडीका रूपमा समेटेको छ। उनीहरुले मासिक २५ हजार रुपैयाँ पाउनेछन्।
यो ग्रेडिङ ६ महिनापछि पुनः मूल्यांकन गरिने क्यानले जनाएको छ।