
नेपाल प्रहरीका दुई प्रहरी नायब उपरीक्षक( डिएसपी)को प्रहरी उपरीक्षकमा(एसपी)मा बढुवा सिफारिस भएको छ। डिएसपीहरू रविन कार्की र ज्ञानेन्द्रबहादुर बस्नेतको बढुवा सिफारिस भएको हो।
दुवैजना सिनियर डिएसपी हुन्। यसअघि उनीहरूलाई छुटाएर जुनियर ब्याचबाट बढुवा गरिएको थियो।