मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २८ बुधबार
  • Wednesday, 12 March, 2025
फाइल तस्बिर
रासस काठमाडौँ
२o८१ फाल्गुण २८ बुधबार २१:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपत्यकासहित ठाउँ–ठाउँमा वर्षा

Read Time : < 1 मिनेट
रासस, काठमाडौँ
नयाँ पत्रिका
२o८१ फाल्गुण २८ बुधबार २१:२५:oo

 काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ।  

  हाल गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागमा मौसमी प्रणाली विकसित भई पूर्वतिर सर्ने क्रममा रहेको र पहाडी क्षेत्रहरूमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 
    काठमाडौंमा पनि गड्याङगुडुङसहित अहिले वर्षा भइरहेको छ। ती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित वर्षा भइरहेको मौसमविद् गोविन्द झाले जानकारी दिए। अहिले राति वर्षा भएकाले उपत्यकामा दैनिकी सकेर घर फर्कन लागेका नागरिकहरू प्रभावित भएका छन्।

    आज राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

    साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। वर्षा भएपछि उपत्यकामा चिसो महसुस गरिएको छ। विगत केही दिनदेखि नेपालमा मौसम बदली भएको थियो। जसका कारण आज हवाई उडानसमेत प्रभावित भएका थिए।