मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २८ बुधबार
  • Wednesday, 12 March, 2025
त्रियुगा जनता बहुमुखी क्याम्पसमा ताला बन्दी गर्दै गरेका नेवि संघमा आवद्ध विद्यार्थी 
२o८१ फाल्गुण २८ बुधबार ११:५३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरका दुई क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २८ बुधबार ११:५३:oo

उदयपुरका दुई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचन स्थगित भएको छ। त्रियुगा जनता बहुमुखी क्याम्पस मोतीगडा र बरुवा क्याम्पस गाईघाटमा स्ववियु निर्वाचन स्थगित भएको हो । त्रियुगा जनता बहुमुखी क्याम्पसका स्ववियु निर्वाचन अधिकृत टीका पौडेलका अनुसार सूचना जारी गर्दै स्ववियु निर्वाचनअन्तर्गतका सबै प्रक्रिया अर्को सुूना जारी नहुन्जेलसम्मका लागि स्थगित गरिएको छ। 

नेपाल विद्यार्थी संघ र नेकपा एससम्बद्ध अनेरास्ववियुले विभिन्न माग राखी निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन प्रक्रिया स्थगित भएको उनको भनाइ छ। निर्वाचन अधिकृत पौडेलले भने, ‘नेपाल विद्यार्थी संघ र नेकपा एसनिकट अनेरास्वियुले निर्वाचन आचारसंहिता, मतदाता नामावलीलगायतका विषयमा विवाद ल्याए । पटक–पटक छलफल गर्दा पनि निष्कर्ष ननिस्केपछि स्थगित गरेका हौँ ।’

उनले नेविसंघले र नेकपा एसनिकट अनेरास्ववियुले मतदाता नामावलीमा गरेको दाबी विरोधसमेत नपुगेको बताए। उनले भने, ‘केही मतदाता नामावली तत्काल हटाउनुपर्ने, क्याम्पस प्रशासनबाट गरिएका गतिविधि सच्याउन र भयरहित एवं निष्पक्ष वातावरणमा निर्वाचन गराउन जिम्मा लिनुपर्ने, निर्वाचन समिति नै खारेज गर्नुपर्ने माग राखेर तालाबन्दी गरेका छन् ।’

दुई संगठनले छुट्टाछुट्टै माग राखेर निर्वाचन कार्यालयमा दुईवटा ताला लगाएपछि निर्वाचन प्रक्रिया पूर्णतः स्थगित भएको छ । यता बरुवा क्याम्पस प्रमुख भीम खड्काले विद्यार्थी संगठनहरूले मतदाता नामावलीमै विवाद गरेकाले स्ववियु निर्वाचन स्थगित भएको जानकारी दिए । उनले भने, ‘हामीले पटक–पटक छलफलबाट निष्कर्ष  निकाल्न खोजेका थियौँ । तर, विद्यार्थी संगठनहरूले चासो नदेखाउँदा स्थगित भएको छ । विद्यार्थी संगठनबिच सहमति हुँदा नयाँ प्रक्रियामा गएर पनि गर्न सकिन्छ । अहिलेलाई रोकिएको छ ।’

नेपाल विद्यार्थी संघ उदयपुरका जिल्ला अध्यक्ष रोशन कार्कीले त्रियुगा जनता बहुमुखी क्याम्पसमा निर्वाचन समितिले आफूहरूको मागलाई बेवास्ता गरेको कारण स्ववियु निर्वाचन तत्काललाई रोकिएको बताउँदै तालाबन्दी गरेको बताए। उनले भने, ‘उदयपुरमा स्ववियु निर्वाचन हुने तीन क्याम्पसमा त्रियुगा जनता बहुमुखी क्याम्पस, बरुवा क्याम्पस र चौदण्डीगढी नगपालिका– ४ स्थित नारद आदर्श क्याम्पस हुन्। बरुवा र त्रियुगा बहुमुखी क्याम्पसमा तत्काल निर्वाचन रोकिएको छ भने नारद आदर्श क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढेको छ ।