मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २८ बुधबार
  • Wednesday, 12 March, 2025
२o८१ फाल्गुण २८ बुधबार १७:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्यानका बजारबाट ४६ हजार रुपैयाँ बढीको अवैध सामान बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २८ बुधबार १७:३४:oo

उपभोक्ताहरू ठगिन सक्ने, म्याद नाघेका अखाद्य वस्तु बिक्री-वितरण हुन सक्ने विषयलाई ध्यानमा राख्दै सल्यानका विभिन्न बजारको अनुगमन गरिएको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको अगुवाइमा जिल्लाका विभिन्न स्थानमा बजार अनुगमन सम्पन्न भएको हो।

अनुगमन टोलीले त्रिवेणी, छत्रेश्वरी र सिद्धकुमाख गाउँपालिका तथा शारदा नगरपालिकाका बजार क्षेत्रको अनुगमन गरेको थियो। अनुगमनमा विभिन्न खाद्य तथा पेय पदार्थ, पेट्रोलियम पदार्थ र मदिरा विनाइजाजत बिक्री भइरहेको पाइएपछि बरामद गरिएको छ। 

अनुगमनका क्रममा ४६ हजार ५५ रुपैयाँबराबरको विनाइजाजत बिक्री भइरहेको पेट्रोलियम पदार्थ, घरेलु मदिरा, बियर, हल्का पेय पदार्थ (कोक, फेन्टा, फ्रुटी, जुस), विभिन्न मसला, दालमोठ, बिस्कुट, भुजालगायतका खाद्य सामग्री बरामद गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख श्यामलाल खरालले जानकारी दिए।

अनुगमनका क्रममा अधिकांश पसलमा मूल्यसूची नराखेको र म्याद गुज्रेका सामग्री भेटिएका थिए। ‘बिल लिने-दिने नगरेको, पसल तथा व्यवसाय व्यवस्थित नगरेको, सबै किसिमका सामग्री एकैठाउँ राखिएको तथा सरसफाइमा पनि ध्यान नदिएको पाइयो,’ खरालले भने, ‘हामीले सम्बन्धित निकायमा व्यवसाय दर्ता तथा नवीकरण गर्न र अन्य आवश्यक सुझाव पनि दिएका छौँ।’

अनुगमन टोलीले उपभोक्ता हित संरक्षणका लागि आवश्यक जनचेतना फैलाउने कार्य पनि गरेको उनको भनाइ छ।