मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २८ बुधबार
  • Wednesday, 12 March, 2025
२o८१ फाल्गुण २८ बुधबार १६:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जमुहानी पोखरा तालको पार्क शिलान्यास 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २८ बुधबार १६:४४:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ओमसतिया गाउँपालिका– ६ स्थित रामजानकी जमुहानी पोखरा तालको पार्क शिलान्यास गरेका छन्।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले रामजानकी जमुहानी पोखरा तालको पार्कले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

‘यस क्षेत्रको विकासका निम्ति, पर्यटन प्रवर्द्धनका निम्ति तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनका निम्ति पनि यस तालले महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने मलाई विश्वास छ,’ उनले भने, ‘हाम्रो अभियानको क्रममा यस्ता धार्मिक र ऐतिहासिक महत्त्वका तालतलैया मठमन्दिरहरूलाई महत्त्व दिनुको अर्थ यस क्षेत्रका जनताका आर्थिक जीवनमा प्रगति होस् भन्ने हाम्रो उद्देश्य हो।’

प्रचण्ड आज दिनभर रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी छन्। त्यसपछि अध्यक्ष प्रचण्डले बुटवल उपमहानगरपालिकाको समन्वयमा ज्योतिनगर पहिरो क्षेत्रको निरीक्षण गर्नेछन्।