मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २ शुक्रबार
  • Thursday, 13 March, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८१ फाल्गुण २ शुक्रबार ११:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीकाे स्थायी कमिटी र पोलिटब्युरो बैठक फागुन ६ र ७ गते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ फाल्गुण २ शुक्रबार ११:३१:oo

एकीकृत समाजवादीले यही फागुन ६ र ७ गते स्थायी कमिटी र पोलिटब्युरो बैठक बोलाएको छ । बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, सरकारले ल्याएको अध्यादेशका विषयवस्तु, संसदमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषय, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल गरिने पार्टी महासचिव घनश्याम भुसालले जानकारी दिए ।

यही फागुन ८ गतेदेखि बस्ने पार्टी केन्द्रीय कमिटी बैठकको एजेन्डा तथा कार्यसूची अनुमोदन गर्ने जनाइएको छ । केन्द्रीय कमिटी बैठकअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले राजनीतिक प्रतिवेदन, आर्थिक, सांगठनिक प्रतिवेदन पारित गर्नेछ ।

केन्द्रीय कमिटी बैठकको अन्य एजेन्डा, कार्यसूची अनुमोदन स्थायी कमिटी बैठकले तय गर्नेछ । सबै जनवर्गीय संगठनका कार्यप्रगति तथा ती संगठनका अधिवेशनबारे निर्णय गरिनेछ ।

बैठकले पार्टीको तल्लो तहदेखि संगठन गठन र पुनर्गठन कार्यको समीक्षासहित पार्टीका नेताहरूलाई दिइएको भूगोलकेन्द्रित जिम्मेवारीको समीक्षा गर्ने बैठकमा वामपन्थी शक्तिबिच एकता, समान विचारधारा भएका पार्टीसँगको बनाइने मोर्चाबारे निर्णय गरिने प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।