मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २९ बिहीबार
  • Thursday, 13 March, 2025
२o८१ फाल्गुण २९ बिहीबार १९:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नीलकण्ठका विद्यार्थीलाई ४३ लाखबराबरको शैक्षिक सामग्री वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २९ बिहीबार १९:२७:oo

धादिङको नीलकण्ठ नगरपालिकाका एक हजार ९९९ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। नगरपालिकाभित्र रहेका १२ वटा विद्यालयका विद्यार्थीहरूलाई झोलासहित न्यानो कपडा सेट र स्टेसनरी सामग्री वितरण गरिएको हो।

नीलकण्ठका नगर उपप्रमुख दीपक विश्वकर्माको पहलमा ग्लोबल कोअपरेसन फर डेभलपमेन्ट र चाइना फाउन्डेसन फर रुलर डेभलपमेन्टको सहयोगमा ४३ लाख १४ हजार ९४१ रुपैयाँबराबरको सामग्री वितरण गरिएको हो।

‘केही विद्यालयमा झोला, केहीमा शैक्षिक सामग्री स्टेसनरी, केही विद्यालयका विद्यार्थीहरूलाई न्यायो कपडा सेटसमेत वितरण गरिएको छ,’ उपप्रमुख विश्वकर्माले भने, ‘नीलकण्ठ नगरपालिकाले विकास बजेटको करिब एकतिहाइ शिक्षामा लगानी गरेको छ। निःशुल्क तथा अनिवार्य, तर गुणस्तरीय शिक्षामा नगरपालिकाले जोड दिएको छ। नगरपालिकाभित्रका सबै विद्यार्थीहरू आर्थिक हिसाबले सक्षम छन् भन्ने छैन। वितरण गरिएको शैक्षिक सामग्री तथा लत्ताकपडाले उनीहरूको शैक्षिक सुधारमा ठुलो टेवा पुग्ने विश्वास छ।’

नगरउपप्रमुखकै पहलमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा लत्ताकपडा वितरण गरिएको हो। जनवादी गणतन्त्र चीनको लागि निवर्तमान नेपाली राजदूत एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य विष्णुपुकार श्रेष्ठको पनि सहयोग रहेको उनले बताए। यो सबै प्रक्रिया पूरा गर्न दुई वर्ष लागेको र हाल वितरण गर्न सफल भएको भन्दै उनले खुसी व्यक्त गरे।