
गैरसरकारी संस्था महासंघ नेपालको ११औँ महाधिवेशनले अर्जुनकुमार भट्टराईको अध्यक्षतामा ४८ सदस्यीय केन्द्रीय कार्य समिति चयन गरेको छ। महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा नानीमाया थापा र अन्य दुई उपाध्यक्षमा राजेन्द्र शर्मा तथा सञ्जय लम्साल चयन गरेको छ।
यसैगरी, महासचिवमा देवी खड्का, उपमहासचिवमा भवराज रेग्मी र किरण थापा, साथै कोषाध्यक्षमा गोविन्दबहादुर शाही निर्वाचित भएका छन्। केन्द्रीय कार्यसमितिमा ५१ जना रहने व्यवस्था छ। अन्य तीन सदस्य कार्यसमितिले मनोनीत गर्नेछ। निर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ।
गैरसरकारी संस्था महासंघ नेपालका सदस्य संस्थाहरूको प्रतिनिधित्व गर्दै ९२३ जना गैसस प्रतिनिधिहरूको सहभागितामा राष्ट्रिय नागरिक सम्मेलन, ३०औँ वार्षिक साधारणसभा र ११औँ महाधिवेशन २५ देखि २७ फागुनसम्म काठमाडौंमा चलेको थियो।