मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १ बिहीबार
  • Sunday, 06 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण १ बिहीबार १४:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुतराज-अर्धचन्द्र स्मृति पुरस्कारबाट नयाँ पत्रिकाकर्मी थापासहित तीन सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण १ बिहीबार १४:४३:oo

एक दशकदेखि नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार रामकृष्ण थापा हुतराज–अर्धचन्द्र पाण्डे पत्रकारिता स्मृति पुरस्कार– २०८० बाट सम्मानित  भएका छन्।

अनाथ बालबालिकाको शैक्षिक गतिविधि र विभिन्न सामाजिक सेवामा योगदान गर्दै आएको हुतराज–अर्धचन्द्र जनहितकारी संस्थाले थापालाई पाँच हजार एक सय नगदसहित दोसल्ला ओढाएर सम्मान गरेको हो।

संस्थाले चन्द्रयुग महाकाव्यका लेखक तथा वरिष्ठ साहित्यकार चन्द्रप्रसाद न्यौपाने र अन्नपूर्ण दैनिकका जिल्ला संवाददाता सुन्दर शिरीषलाई पनि पाँच हजार एक सय नगदसहित दोसल्ला ओढाएर सम्मान गरेको छ। संस्थाले प्रत्येक वर्ष जिल्लामा क्रियाशील पत्रकार र साहित्यकारलाई सो पुरस्कारद्वारा सम्मान गर्दै आएको छ।

हुतराज र अर्धचन्द्र पाण्डेले मेलम्चीस्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयका लागि तीन रोपनी जमिन दान गरेका थिए। नेपाल प्रहरीका पूर्वएआइजी गंगा पाण्डे, पूर्वएसपी सुदर्शन पाण्डे, मुरारी पाण्डे  र शम्भु पाण्डेले दिवंगत पिताको नाममा ०६८ मा परोपकारी संस्था स्थापना गरेका थिए। संस्थाले बाढीपहिरोपीडित, दृष्टिविहीन, अशक्त, अनाथ र वृद्धवृद्धालाई आर्थिक सहायता प्रदान गर्दै आएको छ। यसका अलावा पत्रकार, साहित्यकारलाई योगदानको आधारमा छनोट गरेर पुरस्कृत पनि गर्दै आएको छ।

इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीको ५१औँ वार्षिकोत्सव समारोहमा संस्थाले कार्यक्रम आयोजना गरेको थियो। मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ र पूर्वराज्यमन्त्री इन्द्रमाया गुरुङले वार्षिकोत्सवको उद्घाटन गरेका थिए।