प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को उपाध्यक्षमा ओमप्रकाश बरालको नियुक्ति सर्वाेच्च अदालतले बदर गरेको छ। परिषद्को उपाध्यक्षका लागि तोकिएको योग्यता नरहेको भन्दै सर्वाेच्चले आइतबार उत्प्रेषणको आदेशबाट नियुक्ति बदर गरेको हो।
गत ६ मंसिरमा मन्त्रिपरिषद्को बैठकले बराललाई नियुक्त गरेको थियो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा उनको १५ वर्षको अनभुव नभएको भन्दै नियुक्ति बदर भएको हो।
उनको नियुक्तिविरुद्ध टैलेन्द्र आचार्यले दायर गरेको रिटमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र नृपध्वज निरौलाको इजलासले यस्तो फैसला गरेको हो।