मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १६ बुधबार
  • Thursday, 30 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ १६ बुधबार ११:४७:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

प्रधानमन्त्री कप पुरुष क्रिकेट : काठमाडौं जिल्लामा १४ क्लब

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ १६ बुधबार ११:४७:oo

काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक खेल तालिकाअनुसार प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता बुधबारबाट सुरु भएको छ।

माघ २७ सम्म चल्ने प्रतियोगिता मूलपानी क्रिकेट रंगशालाको माथिल्लो मैदानमा हुने काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घलेले जानकारी दिए। काठमाडौं जिल्ला छनोट देशकै सबैभन्दा ठुलो छनोट प्रतियोगिता हुने र यसबाट राष्ट्रिय खेलाडी बन्नका लागि ढोका खुल्ने विश्वास काठमाडौं जिल्ला क्रिकेट संघले लिएको छ।

प्रतियोगितामा १४ वटा क्लब र एकेडेमीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। नाम दर्ता गराउने क्लब र एकेडेमीलाई प्राथमिकतामा राखेर सहभागी गराएको बताइएको छ। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। दुई समूहमा चार टोली र बाँकी दुई समूहमा तीन टोली छन्।

समूह ‘ए’मा महावीर स्टडिज एन्ड एथ्लेटिक्स सेन्टर, ओएसिस क्रिकेट एकेडेमी, थर्ड आई युथ क्लब र पुष्पलाल स्पोर्टस् क्लब छन् भने समूह ‘बी’मा ग्रेट हिमालय क्रिकेट एकेडेमी, हिमालयन क्रिकेट एकेडेमी (ए), एन्जल्स स्पोर्टस् एकेडेमी र बालुवाटार क्रिकेट क्लब छन् । यसैगरी समूह ‘सी’ मा क्रिकेट एक्सिलेन्स सेन्टर, हिमालयन क्रिकेट एकेडेमी (बी) र वान डे क्रिकेट एकेडेमी तथा समूह ‘डी’मा न्यु भिजन क्लब, नेक्सेस क्रिकेट एकेडेमी र फरएभर क्रिकेट ब्वाइज क्लब रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ दी म्याचले एक हजार, उत्कृष्ट बलर र ब्याटरले पाँच हजारका दरले तथा सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पाउने बताइएको छ। यसैगरी, उदीयमान खेलाडीले पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रतियोगितालाई कृषि विकास बैंकले मुख्य प्रायोजक तथा कागेश्वरी मनोहरा नगरपालिका, सक्कल एग्रो फार्म, फ्रान्कलिन एजुकेसन कन्सल्टेन्सी, गोकर्णेश्वर नगरपालिका, नेवा बेभरेज प्रालि, एभरेस्ट बैंक, आविष्कार ज्वेलर्स, सुशील कोइराला फाउन्डेसन, नेप्लाई, नेक्सस एजुकेसन कन्सल्टेन्सी, श्रेष्ठ टेलरिङ, इको प्यानल र आइसिएफसी फाइनान्सलगायतले प्रायोजकका रूपमा सघाउने भएका छन्।