Skip This
ल्होछारले पारम्परिक सदभाव र सहिष्णुताको भावनालाई प्रगाढ बनाउँछ : प्रचण्ड
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १७ बिहीबार
  • Thursday, 30 January, 2025
२o८१ माघ १७ बिहीबार १४:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ल्होछारले पारम्परिक सदभाव र सहिष्णुताको भावनालाई प्रगाढ बनाउँछ : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ १७ बिहीबार १४:१८:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्होछार पर्वले पारम्परिक सदभाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउने बताएका छन् । 

तामाङ समुदायको सोनाम ल्होछारलगायतको शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले यस्ता चाडपर्वले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति, सामाजिक न्याय, दिगो विकास र आर्थिक समृद्धि हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले ल्होछार पर्वका अवसरमा देश तथा विदेशमा रहेका दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । 

उनले श्रम संस्कृतिमा आधारित प्रकृति पूजकको पर्वका रूपमा परिचित ल्होछारमा विभिन्न मिष्ठान्न भोजनका साथै आफ्नो समुदायको मौलिक संस्कृति र परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्षाेल्लासका साथ यो पर्व मनाउने गरिएको स्मरण गरेका छन् । 

शुभकामना सन्देशमा उनले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुसरण गरिने, सदभाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता भएको उल्लेख गरेका छन् । रासस