मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ७ सोमबार
  • Monday, 20 January, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८१ माघ ७ सोमबार १४:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भ्रष्टाचारको आरोपमा तत्कालीन गाविस सचिव अन्सारीविरुद्ध आरोपपत्र दायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ माघ ७ सोमबार १४:२२:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराका तत्कालीन गाविस सचिव आस महमद अन्सारीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा आरोपपत्र दायर गरेको छ ।

अख्तियारले सोमबार साविक आदर्श गाविस भवानीपुर जितपुर, बाराका तत्कालीन गाविस सचिव अन्सारीउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी तथा सरकारी कागजात नोक्सान गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

अन्सारीले साबिक आदर्श गाविस भवानीपुर जितपुर बारा (हाल जितपुरसिमरा उपमहानगरपालिका)को स्वामित्वमा रहेको गुदरी बजार र मिना बजारका सटरहरू उपभोक्तालाई भाडामा लगाउँदा अपनाइएको विधि पारदर्शी भएको भनी यकिन गर्न सकिने अवस्था नरहेकाले उनले सटरहरू उपलब्ध गराउँदा लिएको धरौटीबापतको रकमसँग सम्बन्धित कागजातहरू लुकाई बरबुझारथसमेत नगरेको पाइएको छ ।

उनले १२१ जना उपभोक्ताहरूबाट लिएको धरौटीबापतको ३८ लाख ३० हजार पाँच सय रुपैयाँ साबिक गाविसको धरौटी खातामा जम्मा गर्नुपर्नेमा सो नगरेकाले अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।