मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ३ बिहीबार
  • Thursday, 16 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ ३ बिहीबार १६:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बिआइसिसीमा कार्यरत इलेक्ट्रिकल इन्जिनियरको प्रमाणपत्र नक्कली पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ ३ बिहीबार १६:१४:oo

हाल संसद् भवन रहेको बानेश्वस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बिआइसिसी)मा कार्यरत इन्जिनियरको प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको छ। उनले सम्मेलन केन्द्र विकास समितिमा नियुक्त हुन बुझाएको प्रमाणपत्र नक्कली रहेको देखिएपछि विशेष अदालतले बिहीबार नक्कली प्रमाणपत्र मुद्दामा ठहरको फैसला गरेको हो।

बिआइसिसीमा इलेक्ट्रोनिक्स ओभरसियर साउन्ड (सहायकस्तर प्रथम) पदमा सुरु नियुक्ति लिएका जीवनप्रसाद अधिकारीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको हो। उनले भारतको कोलकाताबाट इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ उत्तीर्ण गरेको भनी नक्कली प्रमाणपत्र पेस गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।

अख्तियारले अनुसन्धान गर्दा उनी उक्त विषयमा अनुत्तीर्ण भएको देखिएपछि यसै वर्ष १६ असारमा मुद्दा चलाएको थियो। उनी पछिल्लोपटक अधिकृत छैटाैँ तहमा कार्यरत थिए। पहिलो नियुक्ति २० माघ ०६० मा लिएकोमा पछिल्लोपटक ३ फागुन ०६२ देखि उनी उक्त तहमा बढुवा भएका थिए।

यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले फैसला गरेको हो। विशेषका अनुसार उनलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने भएको छ।