मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २ बुधबार
  • Wednesday, 15 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २ बुधबार १२:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अध्यादेशमा भएका लगानी र व्यवसायसम्बन्धी विषयकाे निजी क्षेत्रद्वारा स्वागत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २ बुधबार १२:१o:oo

नेपाल उद्योग वाणिज्य महासंघसहित निजी क्षेत्रका संघ–संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन्।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखकसहित अन्य मन्त्रीको उपस्थितिमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग तथा व्यावसायी महासंघका अध्यक्ष भगीरथ सापकोटाले अध्यादेशमा भएका लगानी र व्यवसायसम्बन्धी विषयहरू स्वागतयोग्य भएको अवगत गराए।

निजी क्षेत्रका प्रतिनिधिले कोभिड– १९ पछि संकुचित अर्थतन्त्रलाई माथि उकास्न यी अध्यादेश प्रभावकारी हुने भएकाले यसको कार्यान्वयनमा छिट्टै उपयुक्त नियमावली र कार्यविधि ल्याउन माग गरे। उनीहरूले अध्यादेशका ती व्यवस्थाका कारण निजी क्षेत्रमा नयाँ रक्तसञ्चार हुने जनाउँदै लगानीमैत्री वातावरण सिर्जना यही ढंगले भएमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुन योगदान मिल्ने बताए।

नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट गत पुस २९ गते विभिन्न चार अध्यादेश जारी भएका थिए भने भूमि व्यवस्थासम्बन्धी अध्यादेश चाँडै जारी हुने क्रममा छ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले राम्रो काम गर्ने सरकारको सदासयतालाई सकारात्मक रूपमा लिइदिएकोमा खुसी रहेको बताउँदै सरकार ढल्दै छ भन्ने हल्लाको खण्डन गरे। सत्तागठबन्धनमा रहेका दलहरू आपसमा बसेर देश बनाउने नीति निर्माणमा प्रभावकारी ढंगले कदम चालिरहेको उनको दाबी छ।

प्रधानमन्त्री ओलीले देश बनाऔँ भन्ने भावना सबैमा रहेको हुँदा आफ्ना स्वार्थका लागि जतिवेला पनि विरोध गर्नेहरूबाहेक आममान्छेले विकास र  सुशासन चाहेको बताए। सुशासन र विकाससँग सम्बन्धित व्यावहारिक र अनुकूल नीति ल्याइएमा समृद्धि असम्भव नहुने उनको भनाइ छ।