फोनपे पेमेन्ट सर्भिस लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सञ्चालक समितिका अध्यक्ष ससिन जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्थिक वर्ष ०८०/८१ को लेखा परीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान, हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिएको छ ।
साथै, चालू आवका लागि लेखा परीक्षक नियुक्ति पनि गरिएको छ । साथै सभाले फोनपेका सेयरधनीलाई ०८१ असार मसान्तमा कायम रहेको चुक्ता पुँजीको १०.५३ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने निर्णय गरेको छ ।