मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २७ शनिबार
  • Saturday, 11 January, 2025
२o८१ पौष २७ शनिबार १७:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनहरीमा भएको स्कार्पियो र कार दुर्घटनामा एकको मृत्यु,१३ जना घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २७ शनिबार १७:३९:oo

मकवानपुरको मनहरीमा भएको स्कार्पियो र कार दुर्घटनामा घाइते भएका १४ मध्ये एकजनाको मुत्यु भएको छ। दुर्घटनामा घाइते भएका १४ मध्ये एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा कारचालक मकवानपुर हेटौँडा–४, स्कुलरोड बस्ने वर्ष ६० का सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको हो। दिउँसो ३ बजेको समयमा चितवनस्थित भरतपुर अस्पतालमा उपचारको क्रममा श्रेष्ठको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए। 

शनिबार दिउँसो १ बजेको समयमा मनहरी गाउँपालिका–६, डिपार्टस्थित पूर्व-पश्चिम सडक खण्डमा स्कार्पियो र कार आपसमा ठोक्किँदा भएको दुर्घटनामा १४ जना घाइते भएका थिए। प्रहरी नायब उपरीक्षक अर्यालका अनुसार वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कार्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा कारमा सवार चितवन राप्ति नगरपालिका–२ गड्यौली बस्ने वर्ष ५५ को ओम कुमार श्रेष्ठ सोही स्थान बस्ने वर्ष ५० की सुनिता श्रेष्ठ, वर्ष २१ की सुमिना श्रेष्ठ रहेका छन् । 

दुर्घटनामा स्कार्पियोमा सवार पर्सा वीरगंज महानगरपालिका–२ छपकैया बस्ने २६ वर्षीया पुजा देवि शाह, निजको छोरी वर्ष ८ की प्रियान्सि शाह, सोही स्थान बस्ने वर्ष २३ की सुरदी देवी, वर्ष २१ की निशा कुमारी शाह, वर्ष १५ को ओम शंकर शाह, वर्ष १९ को राजिव कुमार शाह, वर्ष १९ की आरती कुमारी शाह, वर्ष ४ की दिव्या कुमारी शाह, वर्ष १६ को सरोज शर्मा र वर्ष १९ की रोशनी शर्मा घाइते भएको प्रहरी नायव उपरिक्षक अर्यालले बताए । उनहरुको चितवन स्थित एलाईभ अस्पताल भरतपुर चितवनमा उपचार भइरहेको छ ।