मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २७ शनिबार
  • Saturday, 11 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २७ शनिबार १४:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सात करोड ८७ लाख ठगीको आरोपमा काठमाडौं–४ का पूर्व वडाअध्यक्ष पक्राउ  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २७ शनिबार १४:२३:oo

महानगरपालिकाका  वडा नम्बर ४ का पूर्ववडा अध्यक्ष मोहन बहादुर विष्ट सात करोड ८७ लाख रुपैयाँ ठगीको आरोपमा पक्राउ परेका छन्।  जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई शनिबार बिहान शंखपार्कबाट पक्राउ गरेको हो।  

तारकेश्वर–८ का राजेन्द्र कोइरालाको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन्। काठमाडौंको धर्मस्थलीस्थित जग्गा बिक्रिका लागि भनेर बिष्टसहितका व्यक्तिले पाँच करोड बैना दिएकोमा पछि पास गर्न भनेर थप एक २ करोड ८७ लाख दिएका थिए। तर, जग्गा विवादित भएको खुलेपछि कोइरालाले  रकम रकम फिर्ता मागेका हुन्। फिर्ता नदिएपछि उनले प्रहरीमा उजुरी दर्ता गरे। प्रहरी स्रोतका अनुसार पटक–पटक उनीहरुबिच छलफल गराएपनि सहमति नभएपछि ठगीसम्बन्धि जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढेको हो। 

बिष्ट पक्राउ परेकोमा सो मुद्दामा सुलोचना कँडेल, शान्ति पाठक र रबिन बिष्ट फरार छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बिष्टलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको बताए। 
पक्राउ परेका बिष्ट २०७४ को निर्वाचनमा नेकपा(एमाले)बाट निर्वाचित भएकोमा २०७९ मा भएको निर्वाचनमा पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा उठेका थिए। 

वडाअध्यक्ष हुँदा पनि उनी सार्वजनिक जग्गा मिचेकोदेखि सामाजिक सुरक्षा भत्ता अनियमितता गरेको विवादमा परेका थिए।