मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २४ बुधबार
  • Thursday, 09 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २४ बुधबार १८:२३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नाफिज सदस्यहरूको साढे १६ करोडको दुर्घटना बिमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २४ बुधबार १८:२३:oo

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का सदस्यहरूको साढे १६ करोडबराबरको सामूहिक दुर्घटना बिमा भएको छ। नाफिजले २३५ जना सदस्यहरू तथा सल्लाहकारहरूको जनही सात लाखका दरले सामूहिक दुर्घटना बिमा गराएको हो।

बुधबार दुईवटा निर्जीवन बिमा कम्पनी र नाफिजबिच बिमासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। नाफिजले सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्याेरेन्समा बिमा गराएको हो।

कुल बिमांक रकम १६ करोड ४५ लाखकाे छ। सम्झौतामा सलिकोका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चंकी क्षेत्री, सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) वीरेन्द्रबहादुर बैदावर र नाफिजका अध्यक्ष मेनुका कार्कीले हस्ताक्षर गरेका छन्।

सम्झौतापत्र आदान प्रदान कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले दुर्घटना बिमाले पत्रकारहरूको सुरक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरे। यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सिइओ बैदावरले नाफिजले आफ्ना सदस्य पत्रकारहरूको बिमा गराएर फिल्डमा खटिन थप प्रोत्साहन गरेको बताए।