मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २५ बिहीबार
  • Thursday, 09 January, 2025
२o८१ पौष २५ बिहीबार १७:४९:oo
Read Time : < 1 मिनेट
प्रदेश

लुम्बिनी मन्त्रिपरिषदद्वारा विधेयक स्वीकृतिदेखि नियुक्तिसम्मका निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २५ बिहीबार १७:४९:oo

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार सम्पन्न बैठकले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश तथा स्थानीय तहबिच समन्वय तथा विवाद समाधानसम्बन्धी विधेयकको अवधारणापत्र स्वीकृत गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए।

यस्तै, बैठकले सूचनाको हक कार्यान्वयनसम्बन्धी विषयको प्रदेश अनुगमन इकाइ गठन गर्ने निर्णय पनि गरेको छ। बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानको कार्यकारी निर्देशकमा अनुप बाँस्कोटालाई पुनः नियुक्त गर्ने निर्णय गरेको छ। पाँचवर्षे कार्यकालका लागि बाँस्कोटालाई पुनः नियुक्त गरिएको हो।