मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २५ बिहीबार
  • Thursday, 09 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २५ बिहीबार १७:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फोनिज धादिङको अध्यक्षमा पुनः अर्जुन श्रेष्ठ निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २५ बिहीबार १७:३८:oo

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धादिङको अध्यक्षमा अर्जुन श्रेष्ठ निर्वाचित भएका छन्। बिहीबार धादिङबेँसीमा सम्पन्न पाँचौँ जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा पुनः सर्वसम्मत निर्वाचित भएका हुन्।

अधिवेशनले उपाध्यक्षमा राजाराम डंगोल, सचिवमा वीरमान तामाङ, सहसचिवमा रचना श्रेष्ठ र कोषाध्यक्षमा दिलीप श्रेष्ठलाई निर्वाचित गरेको छ। सदस्यहरूमा ईश्वर मगर, सनिता चेपाङ, गजेन्द्र गुरुङ, भुवन महर्जन, विकल चेपाङ र रिताकुमारी मगर (चिनो) रहेका छन्।

अधिवेशनले संघीय प्रतिनिधिमा शंकर श्रेष्ठ, सरिता श्रेष्ठ, काजी श्रेष्ठ र निरमाया तामाङ (डोल्मा मम्बा)लाई चयन गरेको छ। यसैगरी, प्रदेश प्रतिनिधि परिषद् सदस्यमा सन्तोषराज श्रेष्ठ, रेखबहादुर गुरुङ, नीरबहादुर तामाङ, लक्ष्मी भुजेल, लक्ष्मी शाक्य, विनोद तमु र अशोक श्रेष्ठ छन्।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जनजाति पत्रकारहरूको क्षमता अभिवृद्धि गरी पत्रकारिता क्षेत्रमा सिक्ने, टिक्ने र बिक्न सक्ने (कामले खोज्ने) गरी पत्रकारहरूलाई सक्षम बनाउने गरी काम गर्ने बताए।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष सीताराम अधिकारीले पूर्ण प्रेस स्वतन्त्रता, पेसागत हकहित, श्रमजीवीको सुरक्षा, पेसागत सुरक्षाका लागि पैरवी गर्न फोनिजसँगै रहेको बताउँदै फोनिजलाई १० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।