मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २३ मंगलबार
  • Wednesday, 08 January, 2025
जर्मनीको वल्फ्सवर्गस्थित भोल्स्कवेगन प्लान्टमा पार्क गरिएका विद्युतीय सवारीसाधन । तस्बिर : रोयटर्स
रासस बर्लिन
२o८१ पौष २३ मंगलबार १६:५४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जर्मनीमा विद्युतीय कार बिक्री २७ प्रतिशतले घट्यो

Read Time : < 1 मिनेट
रासस, बर्लिन
नयाँ पत्रिका
२o८१ पौष २३ मंगलबार १६:५४:oo

गत वर्ष जर्मनीमा विद्युतीय कारहरूको बिक्री २७.४ प्रतिशतले घटेको आधिकारिक तथ्यांकले देखाएको छ।

समग्रमा सन् २०२४ मा युरोपको सबैभन्दा ठुलो कार बजारमा लगभग २.८ लाख नयाँ विद्युतीय कार दर्ता भएका थिए। यो अघिल्लो वर्षको तुलनामा एक प्रतिशतले कम भएको केबिए संघीय यातायात प्राधिकरणले जनाएको छ।

तीमध्ये केवल तीन लाख ८० हजार ६०९ विद्युतीय कार थिए। जुन १३.५ प्रतिशतको बजार हिस्साबराबर छ।

इवाई विश्लेषक कन्स्टान्टिन गलले भने, ‘सन् २०२३ को अन्त्यमा सरकारी अनुदान फिर्ता लिएपछि जर्मनीमा विद्युतीय कारहरूको माग सुस्त भएको छ। नयाँ इभी मोडलहरूको उच्च मूल्य, कमजोर चार्जिङ पूर्वाधार र दायरा सीमितताहरूले पनि धेरै उपभोक्तालाई विद्युतीय कार छनाेट गर्न निरुत्साहित गरेको छ।’

विद्युतीय कारहरूको घट्दो बिक्रीले जर्मनीको फराकिलो अटो उद्योगले सामना गर्ने चुनौतीहरूलाई रेखांकित गर्छ। यस क्षेत्रले कमजोर माग र विद्युतीय सवारीसाधन समस्यासँग संघर्ष गरेको छ। निर्माता र आपूर्तिकर्ताहरूले गत वर्ष धेरै रोजगार कटौतीको घोषणा गरेका थिए।

२३ फेब्रुअरीमा हुने निर्वाचनअघि अटो उद्योगको संकट राजनीतिक मुद्दा बनेको छ। केही आलोचकहरूले जर्मनीको सामान्य आर्थिक मन्दीलाई विद्युतीय सवारीसाधनसँग जोडेका बताएका छन्। यसले विद्युतीय कार निर्माताहरूलाई कमजोर बनाएको छ।

अर्थ कार निर्माताहरूले आगामी वर्ष बिक्रीमा सामान्य वृद्धिभन्दा बढी आशा गर्न सक्ने अवस्था नरहेको उनले बताए।