लमजुङको बेँसीसहरमा आयोजित ३२औँ राष्ट्रव्यापी त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि विभागीय टिम एपिएफ फुटबल क्लबले जितेको छ ।
बेँसीसहरको त्रिवेणी रंगशाला सहजी खेलमैदानमा शनिबार एपिएफले बुद्ध युवा क्लब (बिवाइसी) भोटेओडार लमजुङलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै उपाधि जितेको हो ।
जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको त्रिवेणी कपमा पहिलो हुनले टिमले एपिएफ फुटबल क्लब काठमाडौंले १२ लाख रुपैयाँ पुरस्कार, त्रिवेणी कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने प्रतियोगितामा उपविजेता बिवाइसी भोटेओडारले दोस्रो पुरस्कार ६ लाख रुपैयाँ, रजतपदक र प्रमाणपत्र प्रदान प्राप्त गरेको छ ।
प्रतियोगितामा सेमिफाइनलमा पराजित श्री भगवती क्लब टोखा र आयोजक त्रिवेणाी युवा क्लबले समान दुई लाख रुपैयाँ प्राप्त गरे। बिवाइसीका इमानुयल सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले २५ हजार रुपैयाँसँगै ट्रफी र मेडल प्राप्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले विजयी खेलाडीलाई पुरस्कार र त्रिवेणी कप प्रदान गरेका थिए । त्रिवेणी युवा क्लबको आयोजना पुस १२ गतेदेखि सुरु भएको प्रतियोगितामा देशभरका १६ टिम सहभागी भएका थिए ।