नबिल बैंकका ग्राहकले भिभान्ता होटेलमा उपलब्ध हुने सेवा–सुविधामा विशेष छुट पाउने भएका छन् । नबिल बैंक र भिभान्ता होटेलबिच ग्राहकलाई छुट दिनेसम्बन्धी द्विपक्षीय समझदारी भएको छ । समझदारीपत्रमा बैंकका तर्फबाट फुलचोकी क्लस्टर विभाग प्रमुख अमत्र्य ओजश्वी उपाध्याय र भिभान्ता होटेलको तर्फबाट महाप्रबन्धक रवि निश्चलले हस्ताक्षर गरेका छन् ।
समझदारीपत्रमा उल्लेख भएअनुसार बैंकका ग्राहकले नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एन बैंक, एटिएम कार्ड तथा बैंकबाट पैसा ट्रान्सफर गर्दा १० प्रतिशतसम्म छुट दिइने भएको छ । यस्तो छुट खाना, पेय पदार्थ तथा स्पा सेवामा हुने समझदारीमा उल्लेख छ ।
भिभान्ता होटेलसँगको यस समझदारीले बैंकका ग्राहकहरूले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने नबिल बैंकले जनाएको छ । ग्राहकको हितलाई केन्द्रमा राखेर यो समझदारी गरिएको नबिलको भनाइ छ । बैंकले देशभरका दुई सय ६८ शाखा र तीन सय २० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।