मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १८ बिहीबार
  • Saturday, 04 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १८ बिहीबार o९:४९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सन् २०३० सम्म नेपाललाई बालविवाहमुक्त बनाइने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १८ बिहीबार o९:४९:oo

नेपालमा २०३० सम्म बालविवाह अन्त्य गर्ने उद्देश्यसहित ‘बालविवाहमुक्त नेपाल’ राष्ट्रिय अभियान सुरु गरिएको छ । अभियानको सुरुवात मंगलबार काठमाडौंमा मैनबत्ती र्‍यालीबाट भएको छ । मैनबत्ती बाल्ने कार्यक्रममा नेपाल र भारतका बाल अधिकारकर्मी, बालबालिका र स्थानीय बासिन्दा सहभागी थिए । अभियानलाई जस्ट राइट्स फर चिल्ड्रेन र ब्याकवर्ड सोसाइटी एजुकेसनले सहयोग गरेको छ । 

राष्ट्रिय मानव अधिकार आयोग तथा बाल अधिकार र संरक्षणको क्षेत्रमा काम गर्दै आएका विभिन्न संघसंस्थाले कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा सहभागीले बालविवाहलाई समाजको ठूलो अपराधका रूपमा चित्रण गर्दै यसको नकारात्मक प्रभावबारे जागरुकता फैलाउने बताए । यसै क्रममा अभियन्ताहरूले मंगलबार प्रधानमन्त्री केपी ओलीलाई भेटेर यसबारेमा ध्यानाकर्षणसमेत गराएका थिए ।

ओलीले अभियानप्रति ऐक्यबद्धता जनाउँदै यसलाई सफल बनाउन सरकारको पूर्ण समर्थन रहने बताए । नेपाल बालविवाहविरुद्ध कडा कानुनी प्रावधान भएको देशमध्ये एक भए पनि दक्षिण एसियामा बालविवाहको उच्च दर भएको दोस्रो देश मानिन्छ । नेपालमा हाल छोराछोरी दुवैका लागि कानुनी विवाह गर्ने न्यूनतम उमेर २० वर्ष तोकिएको छ ।