मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १८ बिहीबार
  • Saturday, 04 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १८ बिहीबार o९:२२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बिमितको गुनासो सुन्न प्राधिकरणमा कल सेन्टर स्थापना गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १८ बिहीबार o९:२२:oo

बिमितहरूको गुनासो सुन्न नियामक निकाय नेपाल बिमा प्राधिकरणमा कल सेन्टर स्थापना गरिने भएको छ । प्राधिकरणका अध्यक्ष मदन दाहालले बुधबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । 

भ्रष्टाचार मुद्दा लागेर सूर्य सिलवाल निलम्बनमा परेपछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयका सहसचिव दाहाललाई अध्यक्षको जिम्मेवारी दिएको छ । सिलवालको कार्यकाल आगामी १९ माघमा सकिँदै छ । त्यसपछिका लागि सरकारले नयाँ अध्यक्ष नियुक्ति गर्न प्रक्रिया पनि अघि बढाएको छ । हाल अध्यक्षको जिम्मेवारी पाएका दाहालले आफ्नो कार्यावधिमा कल सेन्टर स्थापना गर्ने बताएका हुन् । 

‘बिमितको गुनासो सुन्नका लागि प्राधिकरणमा कल सेन्टर स्थापना गर्ने लक्ष्य लिएका छौँ,’ उनले भने, ‘यसका लागि आवश्यक तयारी भइरहेको छ ।’ यस्तै, उनले प्राधिकरणको कार्यकारी निर्देशक पनि तत्काल नियुक्त गर्ने बताए । यसअघिका कार्यकारी निर्देशक राजुरमण पौडेल अवकाश भएसँगै जेठ ११ गतेदेखि उक्त पद रिक्त छ । 

अध्यक्ष दाहालले बिमा कम्पनीमाथि निरीक्षण तथा सुपरिवेक्षण पनि व्यापाक रूपमा गर्ने बताए । कुनै त्रुटि देखिएमा कम्पनीमाथि कारबाही गर्न पछि नपर्ने उनको भनाइ छ । उनले बिमा पहुँच बढाउने, साक्षरता बढाउने र कृषि बिमाको अनुदान समयमा भुक्तानी दिलाउन काम गर्ने बताए ।