१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ जेठ १७ शुक्रबार १२:४७:००
Read Time : < 1 मिनेट
साहित्य

राजधानीमा सुनिए कवि फूलमान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ जेठ १७ शुक्रबार १२:४७:००

कवि फुलमान वलले एकल कविता वाचन गरेका छन् । सांस्कृतिक संस्थानले राजधानीमा आयोजना गरेकोे एकल कविता वाचन श्रृंखला ‘स्रष्टा र सिर्जना’मा वलले विभिन्न विषय र भावका एक दर्जन कविता वाचन गरेका थिए । 

‘महाभारतकी मैंच्याङ’ कवितामा तामाङ समाजको सांस्कृतिक विम्बहरुको बढी प्रयोग गरेका उनले ‘आजका मान्छे’ मा तीब्र बजारीकरणले जनजीवनमा पारेको असर, ‘शीतलहर’मा तराईको कथा, ‘बुद्धसँग जम्काभेट’मा श्रमजीवीहरुको व्यथा, ‘दोस्रो जुनी’मा तामाङ समाजको अँध्यारो इतिहास र ‘इन्द्रेणी गीत’मा सह–अस्तित्वमुलुक समाजको परिकल्पना अभिव्यक्त गरे । 

त्यस्तै उनले ‘बाग्मतीको आत्मलाप’मा काठमाडौं उपत्यकाको वैकल्पिक सोच, ‘भ्यालेन्टाइन्स डेको जुन’मा प्रेमको नाममा हुने शोषण, ‘निद्रा’ मा गाउँ र शहरबीचको तुलना ‘भुइँचालो’ शीर्षकको कवितामा आदिवासी चेतना प्रस्तुत गरेका थिए । 

‘स्रष्टा र सिर्जना’को यो चौधौं श्रृखला हो । स्रष्टाहरुको सम्मानमा हरेक महिनाको तेस्रो बिहीबार श्रृंखलालाई निरन्तरता दिँदै आइरहेको संस्थानका महाप्रबन्धक राजेश थापा जानकारी दिए ।