मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ११ बिहीबार
  • Thursday, 26 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष ११ बिहीबार o७:४५:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक कृष्ण पोखरेललाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष ११ बिहीबार o७:४५:oo

माधव नेपाल र वामदेव गौतमबिच एकता हुने सम्भावनाले वाम राजनीतिमा कति प्रभाव पार्ला ?
ठुलै प्रभाव त नपार्ला । तर, यसले नेता कार्यकर्ताले साथ छाडिरहेको समाजवादीलाई थोरै नै भए पनि सहज हुन सक्छ । समाजवादीमा पार्टी छाड्ने मात्र होइन, आउन पनि तयार छन् है भन्ने सन्देश दिन सक्छ । वामदेव समाजवादीमा गएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत एमालेको सक्रिय राजनीतिमा फर्काएर वाम एकता गराउने चर्चाले गति पाउन भने सक्छ । 

भनेपछि यसले वाम एकतालाई चाहिँ गति दिन सक्ला छ ? 
तत्कालका लागि त्यस्तो बलियो सम्भावना देखिन्न । वाम एकताका सबैभन्दा ठुला बाधक केपी ओली नै हुन् । एमाले होस् या समाजवादी, उनीहरू एक्लै माओवादीसित मिसिन जान या आफूमा मिसाउन तयार देखिन्नन् । एक्लै जाँदा या मिसाउँदा फेरि पहिलेजस्तै समस्या सिर्जना हुने भय उनीहरूमा देखिन्छ । यस्तोमा गौतमको समाजवादी प्रवेश एउटा कदमचाहिँ बन्न सक्ला । वाम शक्तिहरूबिच मनोवैज्ञानिक दूरी छ । यसले गर्दा समाजवादी मोर्चा बन्ने या निर्वाचनमा मिलेर लड्नेसम्मको अवस्था हुन सक्छ, तर वाम एकताले नै गति लिने सम्भावना भने देखिन्न । 

राजनीतिबाटै रिटायर्ड हुने उमेरका नेताहरूको यो सक्रियताको अर्थ कति रहन्छ ?
एकताकै लागि पनि अभिभावकीय भूमिका आवश्यक हुन्छ । त्यसका लागि पुराना र स्थापित नेताहरूको उपस्थितिले ठुलो भूमिका खेल्न सक्छ । त्यसैले, गौतमको उपस्थिति अर्थपूर्ण हुन सक्छ । अन्यथा, नेतृत्व नै गरेर पार्टीलाई गति दिने विषयमा भने त्यति सम्भावना देखिन्न ।