मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ११ बिहीबार
  • Friday, 27 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ११ बिहीबार १९:o३:oo
Read Time : < 1 मिनेट
समाचार

घरेलु हिंसा, लागुऔषध र साइबर अपराधविरुद्ध स्कुल स्कुलमा सचेतना फैलाउँदै प्रहरी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ११ बिहीबार १९:o३:oo

नेपाल प्रहरीको संगीत विद्यालयको टिमले विद्यार्थीकेन्द्रित जनचेतनामूलक कार्यक्रम अघि बढाएको छ। यही सन्दर्भमा बिहीबार बौद्ध महांकालस्थित जनकल्याण माविमा प्रहरीले घरेलु हिंसा, साइबर अपराध र लागुऔषधविरुद्ध जनचेतनामूलक नाटक तथा सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ। विद्यार्थीमा सचेतना फैलाउने उद्देश्यले नेपाल प्रहरी श्रीमती संघको आयोजनामा उक्त कार्यक्रम भएकाे हाे।  

बिहीबार जनकल्याणमा भएको जनचेतनामूलक कार्यक्रममा ११ र १२ कक्षाका एक हजार विद्यार्थी सहभागी थिए। ११ र १२ कक्षामा पढ्ने विद्यार्थीमा कुलतमा लाग्ने डर देखिने भएकोले उनीहरूमा सचेतना जगाउन यस्तो कार्यक्रम गरिएको संगीत विद्यालयका डिएसपी भुलाराज खनालले बताए।

उनका अनुसार काठमाडौं महानगरपालिकाभित्र विद्यार्थी संख्या बढी भएका सामुदायिक विद्यालयहरूमा यसरी नै जनचेतनामूलक कार्यक्रम प्रहरीले गर्दै आइरहेको छ। पछिल्लो पुस्ता साइबर अवराधको सिकार भएको, लागुऔषधमा सेवनमा लागेकोले उनीहरूमा यस्तो कार्यक्रम  आवश्यक रहेको डिएसपी खनालले बताए।