मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ११ बिहीबार
  • Friday, 27 December, 2024
२o८१ पौष ११ बिहीबार १८:५९:oo
Read Time : < 1 मिनेट
सप्तरंग

न्यू इयर इभमा द क्लिफमा प्रकाश सपूतको लाइभ प्रस्तुति हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ११ बिहीबार १८:५९:oo

आगामी ३१ डिसेम्बर अर्थात् न्यू इयर इभका अवसरमा कुस्माको द क्लिफ रिसोर्टमा प्रकाश सपूतले सांगीतिक प्रस्तुति दिने भएका छन्। द क्लिफका अध्यक्ष राजु कार्कीका अनुसार यस दिन रिसोर्टमा आउने ग्राहकले गायक प्रकाश सपूतको प्रस्तुतिसँगै, फायर डान्स र लाइभ म्युजिकको मज्जा लिन सक्नेछन्। 

अंग्रेजी नयाँ वर्षमा क्लिफमा जाने अतिथि र स्थानीयलाई समेत लक्षित गर्दै यस्तो कार्यक्रम राखेको उनले बताए। कार्यक्रम साँझ ६ बजे सुरु हुनेछ भने कार्यक्रममा सहभागी हुनका लागि तीन सय रुपैयाँ टिकट तोकिएको छ। 

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालनमा छ।

पछिल्लो समय एड्भेन्चर हबको रूपमा विकास हुँदै गएको द क्लिफमा साहसिक गतिविधिका लागि देश विदेशबाट पर्यटकहरू आउने गर्छन्।