मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १० बुधबार
  • Wednesday, 25 December, 2024
२o८१ पौष १० बुधबार १५:५७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

८९औँ भूपीजयन्ती : भूपी काव्य पुरस्कार असफललाई     

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १० बुधबार १५:५७:oo

कविवर भूपी शेरचनको ८९औँ जन्मजयन्ती पोखरामा मनाइएको छ । लोक सांस्कृतिक कलालाई सम्मान गरौँ भन्ने उद्घोषका साथ थकाली सेवा समितिले पोखरामा भूपीको सम्झनामा जन्मजयन्ती दिवस मनाएको हो ।

कार्यक्रममा समितिले सञ्चालन गरेको भूपी काव्य पुरस्कारबाट साहित्यकार तथा समालोचक असफल गौतमलाई सम्मान गरिएको थियो । समाजका अध्यक्ष तेजेन्द्र तुलाचनले असफललाई सम्मान गरेका थिए । 

नेपाली साहित्यका क्षेत्रमा उल्लेख्य योगदान पु‍याउने स्रष्टालाई हरेक दुई वर्षमा अर्पण गरिँदै आएकोे ५० हजार नगद र ताम्रपत्रसहितको सो पुरस्कारबाट असफललाई सम्मान गरिएको हो । भूपीको स्मृतिमा उनका परिवारले सो पुरस्कार स्थापना गरेका हुन् ।

नेपाली साहित्यका क्षेत्रमा भूपीको योगदानलाई चिरस्थायी बनाउन समीक्षा र समालोचनाका माध्यमबाट व्यक्तिगत तथा संस्थागत हिसाबले कलम चलाएर पुर्‍याएको योगदानको उच्च कदर गर्दै असफललाई सम्मान गरिएको हो ।

पुतलीबजार– ७, स्याङ्जामा जन्मेका असफलका सबैका सारथि संगी, मानव अधिकार गीत, सत्तलमा सिर्जना, हाइकुः आलेख र अभिलेख नामक इतिहास, नेपालका भाट जातिको अध्ययन, दुर्गाबहादुर शाह बाबाः व्यक्तित्व र कृतित्व, बिस्कुन, सिलोक बन्दै छन, समसामयिक तिजेगीत संग्रह, संघर्षका पाइलाहरू, पीपलपाते ओठ, चट्टै कम्मरमालगायतका गजलसंग्रह, जीवनी, लोकदोहोरी एलबम, मुक्तकसंग्रह, सामाजिक उपन्यास, लोकदोहोरी एलबम गरी एक दर्जन कृति प्रकाशित छन् ।

नेपाली साहित्य र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका असफलले चार दर्जन पुस्तक सम्पादन गरिसकेका छन् भने राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकामा पाँच सयभन्दा बढी समालोचनात्मक, अनुसन्धानात्मक र फुटकर रचना प्रकाशित गरेका छन ।

असफल रुना साहित्य पुरस्कार, संघर्षशील सामाजिक पुरस्कार, अन्तर्राष्ट्रिय स्रष्टा साहित्य चौतारी पुरस्कार, ज्योतिष भविष्यवाणी पत्रकारिता पुरस्कार, राष्ट्रिय लेख प्रतियोगिता प्रथम पुरस्कार, खुला गजल प्रतियोगिता द्वितीय पुरस्कार, राष्ट्रिय निबन्ध प्रतियोगितामा उत्कृष्ट पुरस्कार, उत्कृष्ट मुक्तककार पुरस्कारबाट पुरस्कृत हुनुका साथै विभिन्न संघसंस्थबाट सम्मानित भइसकेका छन् ।

वि.सं. १९९२ पुस १० गते मुस्ताङमा जन्मिएका भूपीको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासंग्रह जसले २०२६ सालको साझा पुरस्कार प्राप्त गरेको थियो, ‘परिवर्तन’ नाटक, ‘नयाँ झ्याउरे’ कविता, ‘निर्झर’ कवितालगायतका कृति प्रकाशित छन् ।