मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १० बुधबार
  • Wednesday, 25 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १० बुधबार १४:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले सचिवालय बैठक जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १० बुधबार १४:२५:oo

सत्तारूढ दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको हो । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समय नमिलेकाले बैठक बस्न ढिलाइ भएको थियो ।

जारी सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको मिति र एजेन्डा तय गर्ने कार्यसूची छ। एमालेले पुस महिनाभित्रै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ ।

अब बस्ने केन्द्रीय कमिटी बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामको समीक्षा हुनेछ । त्यस्तै पार्टीको सांगठनिक कामको पनि समीक्षा हुनेछ । मंसिर १६ गते ४४ स्थानमा भएको स्थानीय तह उपनिर्वाचनमा पार्टीले सन्तोषजनक परिणाम हासिल गर्न नसकेको एमालेको प्रारम्भिक विश्लेषण छ । यद्यपि, उसले निर्वाचन भएका जिल्ला र प्रदेश कमिटीबाट समेत समीक्षा प्रतिवेदन मागेको छ ।