मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १० बुधबार
  • Wednesday, 25 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १० बुधबार १४:o१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

हसिनालाई भारतबाट फिर्ता ल्याउने बंगलादेशको तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १० बुधबार १४:o१:oo

बंगलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई भारतबाट फिर्ता ल्याउने तयारी गरेको छ । सरकारका प्रमुख मोहम्मद युनुसका प्रेस सचिव शफिकुल आलमले शेख हसिनालाई भारतबाट फिर्ता ल्याउनु सरकारको प्राथमिकता रहेको भन्दै हसिनालाई जतिसक्दो चाँडो फिर्ता ल्याउने काम गरिरहेको बताएका हुन् ।

बंगलादेशले भारतलाई कूटनीतिक नोट पठाएर अपदस्थ प्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न माग गरेको छ । बिबिसीका अनुसार बंगलादेशको विदेश मन्त्रालयले हसिनालाई न्यायिक प्रक्रियामा सामेल हुन फिर्ता पठाउनुपर्ने कुरा भारतलाई जानकारी गराएको छ ।

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिना गएको अगस्ट ५ देखि भारतमा छिन् । भारतको विदेश मन्त्रालयले बंगलादेशको उच्च आयोगबाट हसिनालाई सुपुर्दगी गर्न अनुरोध प्राप्त भएको पुष्टि गर्दै प्रक्रिया थाल्ने कुरामा भारत सकारात्मक भएको संकेत गरेको खबरमा उल्लेख छ ।