मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १० बुधबार
  • Wednesday, 25 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १० बुधबार १३:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संविधान संशोधन गर्न कांग्रेस–एमाले कार्यदलले काम थालिसके : उपप्रधानमन्त्री सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १० बुधबार १३:४७:oo

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गर्न सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले कार्यदल बनाएर आन्तरिक रूपमा काम थालिसकेको बताएका छन् ।

रूपन्देहीमा आज (बुधबार) पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री सिंहले असार १७ मा भएको सातबुँदे सहमतिअनुसार संविधान संशोधनका लागि कार्यदल बनेको र काम पनि सुरु भइसकेको बताएका हुन् । उनले सबै राजनीतिक दलहरूसँग छलफल गरेर संविधान संशोधन अघि बढ्ने पनि बताए ।

‘संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउन कांग्रेस र एमालेको कार्यदल गठन भइसकेको छ । कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्छ । सबै दलहरूसँग गरेर नै संविधान संशोधनको प्रक्रिया अगाडि बढ्छ,’ उपप्रधानमन्त्री सिंहले भने ।

उपप्रधानमन्त्री सिंहले रूपन्देहीको सियारी गाउँपालिकामा सियारी पर्यटन करिडोरको शिलान्यास र दयानगर दानव लिफ्ट सिँञ्चाइ योजनाको उद्घाटन गरेका छन् । पर्यटन करिडोर र लिफ्ट सिँञ्चाइ आयोजनाले सियारी गाउँपालिकाका नागरिकको आर्थिक अवस्था परिवर्तन गराउने उनले बताए । नागरिकको जीवनमा परिवर्तन ल्याउन सियारी गाउँपालिकाले कृषि र पर्यटन क्षेत्रमा गरेको काम उदाहरणीय भएको भन्दै उनले प्रशंसा पनि गरेका छन् । लिफ्ट सिँञ्चाइ आयोजनाले १०५ हेक्टर क्षेत्रफलमा सिँञ्चाइ सुविधा पुग्नेछ ।