अंग्रेजी पात्रोअनुसार भोलि अर्थात् २५ डिसेम्बरमा क्रिसमस पर्व संसारभर मनाइँदै छ। क्रिसमसको अघिल्लो रातलाई क्रिसमस ‘इभ’का रूपमा मनाइन्छ।
काठमाडौंमा पनि क्रिसमसको तयारीका लागि कतिपय सार्वजनिक ठाउँहरूलाई सजिसजाउ पारिएको छ। ‘क्रिसमस डे’को पूर्वसन्ध्यामा काठमाडौंका विभिन्न सपिङ मल, पसल र सोरूमहरू झकिझकाउ बनाइएको हो।
‘क्रिसमस इभ’मा काठमाडौंका ठमेल, दरबारमार्ग, सुन्धारा, बौद्धलगायतका क्षेत्रमा युवापुस्ता झुम्ने गर्छन्। यस्ता स्थानमा राखिएका क्रिसमस ट्री सामुन्ने उभिएर तस्बिर खिच्नेहरूको बाक्लो भिड हुने गर्छ।
इसाइ धर्मावलम्बीले मनाउने यो पर्वमा पछिल्लो समय अन्य धर्मका युवायुवती पनि रमाएको देख्न सकिन्छ।
हेर्नुस् भिडियाे :