टर्कीको उत्तरपश्चिममा मंगलबार भएको शक्तिशाली विस्फोटमा परी १२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले बताएका छन्। साथै, अन्य तीनजना घाइते भएका छन्।
इस्माइल उस्ताओग्लुले भने, ‘प्रारम्भिक जानकारीअनुसार बालिकेसिरको कारेसी जिल्लामा भएको विस्फोटमा १२ जनाको मृत्यु भएको छ।’
फुटेजमा प्लान्टबाहिर छरिएका काँच र धातुका टुक्राहरू देखाइएको थियो। गभर्नरले विस्फोट बिहान ८ः२५ बजे प्लान्टको एक भागमा भएको बताए, जसले गर्दा भवनको केही भाग ध्वस्त भएको थियो। दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ।