मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ३० आइतबार
  • Sunday, 15 December, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ३० आइतबार १६:२१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

रोमाञ्चक खेलमा पोखराविरुद्ध सुदूरपश्चिम पाँच रनले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ३० आइतबार १६:२१:oo

नेपाल प्रिमियर लिगअन्तर्गत आइतबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्स पाँच रनले विजयी भएको छ। १५४ रनको लक्ष्य पछ्याएको पोखरा दुई बल बाँकी रहँदा १४८ रन बनाएर अलआउट भएको हो।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा १५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। सुदूरपश्चिमका लागि आरिफ शेखले अविजित सर्वाधिक ४२ रन बनाएका थिए। 

ब्राण्डन म्याकमुलनले २३ र दिपेन्द्र सिंह ऐरीले २० रनको योगदान गर्दा विनोद भण्डारी १४ तथा हर्मित सिंह १३ रन जोडेर पेभिलियन फर्किए। इसान पाण्डे १०, सैफ जैब ९ र स्कट कुगलेइजन २ दुई रन बनाएर आउट हुँदा नरेश बुढाएरले अविजित ६ रन जोडे।

पोखराका कप्तान कुशल भुर्तेलले दुई विकेट लिँदा विपिन रावल, रेमोन रिफर र माइकल लिस्कले समान एक विकेट हात पारे।

पोखराका एन्ड्रियस गौसले सर्वाधिक ३६ रन जोडदा रेमन रिफर र किरण ठगुन्नाले क्रमशः ३३ र ३२ रनको योगदान गरे। दिनेश खरेल १५ तथा जेन मलिक १० रन बनाएर पेभिलियन फर्किँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

तीन बल खेलेका कप्तान कुशल भुर्तेल, दुई बल खेलेका विपिन खत्री र स्ट्राइक नै नपाएका सुदिप अर्याल शून्य रनमै पेभिलियन फर्किए। अर्याल रनआउट भएका हुन्। माइकल लिस्कले पाँच रन जोड्दा दिलिप नाथ र सागर ढकालले अविजित एक रन मात्र बनाउन सके।

सुदूरपश्चिमका लागि स्कट कुगलेइजन एक्लैले पाँच विकेट लिँदा हर्मित सिंहले तीन र सैफ जैबले एक विकेट हात पारे।

यसअघि आजै भएको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध काठमाडौं गुर्खाज् एक विकेटले विजयी भएको थियो।