मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ मङ्सिर २३ आइतबार
  • Friday, 28 August, 2026
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर २३ आइतबार १२:१९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

जनकपुर एक रनले विजयी हुँदा लुम्बिनीको लगातार चौथो हार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर २३ आइतबार १२:१९:oo

नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले लगातार चार जित निकाल्दा लुम्बिनी लायन्स चौथो खेलमा पनि पराजित भएको छ। आइतबार कीर्तिपुर मैदानमा भएको रोमाञ्चक खेलमा जनकपुर एक रनले विजयी भयो।

टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले नौ विकेटको क्षतिमा १३७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जनकपुरका लागि क्याप्टेन अनिल साहले ४५ रन बनाउँदा लहिरु मिलान्थाले २४, शुभ कंसाकार अविजित २२ र आसिफ शेखले १६ रनको योगदान गरे। हेमन्त धामी नौ रन बनाएर पेभिलियन फर्किँदा मोहम्मद मोसिनले तीन तथा हर्ष थाकर र जेम्स निसमले समान एक रन मात्र बनाउन सके।

लुम्बिनीका लागि अभिशेष गौतमले सर्वाधिक तीन विकेट लिँदा साद विन जफर र कप्तान रोहित पौडेलले समान दुई र सन्दीप जोराले एक विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा लुम्बिनीका कप्तान पौडेलले सर्वाधिक ३५, टम मोरिसले ३१, अर्जुन साउद २० र सन्दीप जोराले १६ रन बनाए पनि अन्य ब्याट्सम्यान नचल्दा जितका लागि पर्याप्त भएन। आशुतोष घिरैया आठ तथा बेन कटिङ तीन रन बनाएर आउट हुँदा विवेक यादव र साद विन जफर शून्य रनमै पेभिलियन फर्किए। तीन बल खेलेका दुर्गेश गुप्ताले नटआउट पाँच रन बनाए।

लुम्बिनीलाई रोक्ने क्रममा हर्ष थाकरले सर्वाधिक पाँच विकेट निकाले। किशोर महतो, ललित राजवंशी र शेर मल्लले समान एक विकेट हात पारे।

हालसम्म खेलेका चारवटै खेल जितेको जनकपुर आठ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। अपराजित सुदूरपश्चिम तीन खेलबाट ६ अंकसहित दोस्रो स्थानमा रहँदा लुम्बिनी तालिकाको अन्तिममा छ।